नेभिगेशन
अन्य

एमालेबाट विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदमा उपाध्यक्ष विद्या भण्डारीलाई उमेदवार बनाउने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको एमाले स्थायी समितिको वैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए। आइतबारसम्म राष्ट्रपतिमा सहमति जुट्न नसकेपछि दलहरु आ–आफ्नो उम्मेद्वार छान्ने क्रममा लागेका छन्। यसै क्रममा सोमबार विहानदेखि प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी समितिको वैठकले यो निर्णय गरेको हो। राष्ट्रपतिको चुनाव पर्सि ११ वजे हुँदैछ । जातिगत संरचना मिलाउन केही नेताहरुले निवर्तमान सभामुख सुभाष चन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउनुपर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भण्डारीलाई उम्मेद्वार बनाउन प्रस्ताव गरेका थिए। भण्डारी एमालेमा ओली निकट मानिन्छिन् । उनी एमालेका तत्कालिन् महासचिव मदन कुमार भण्डारीकी पत्नी हुन्। भण्डारीको २०५० सालमा जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै