नेभिगेशन
अन्य

काँग्रेसको चियापान कार्यक्रम सोमबार

काठमाडौं । विजयादशमीका अवसरमा नेपाली काँग्रेसले सोमबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । वर्तमान सन्दर्भमा पनि बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति अझ सामयिक भएको बताउँदै काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले लोकतन्त्र र राष्ट्रियतालाई झन् मजबुत तुल्याउन चियापा कार्यक्रम आयोजना गरिएको स्पष्ट गरे । मेलमिलाप, मैत्री र पारस्परिक स्नेहका साथ एकताबद्ध नेपालमा राष्ट्रिय मेलमिलापको नीति समस्त नेपालीलाई मान्य भएको मुख्यसचिव तिवारीले बताए । राजनीतिक दल, पेसाकर्मी, बुद्धिजीवी तथा समाजका सबै वर्गलाई पार्टीका तर्फबाट उनले चियापान कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...