नेभिगेशन
अन्य

राष्ट्रपति उपराष्ट्रपति उमेदवार चयनको जिम्मा पदाधिकारीलाई

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ । नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको शानिवार भएको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अर्को बैठकले उम्मेदवारसम्बन्धी निर्णय गर्नेछ । बैठकले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग परामर्श गरेर अगाडि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै बैठकले अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडावर्ग, महिला, दलित, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न संशोधन अपरिहार्य भएको ठहर बैठकले गरेको उहाँले जानकारी दिए । नेपाल भारत सीमा नाकामा उत्पन्न अवरोध कूटनीतिक माध्यमबाट तत्काल अन्त्य गर्न सरकारलाई सुझाउँदै बैठकले देशभर देखिएको अत्यावश्यक वस्तुको अभाव हटाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...