नेभिगेशन
अन्य

कांग्रेसले राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि बढाउने संकेत

काठमाडौं । कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा०का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बिहीबार साँझ ठाकुरसहित कांग्रेस पदाधिकारीहरु बीच छलफल भएको थियो । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने राष्ट्रपति र सभामुखको उम्मेदवारको बिषयमा टुंगो लागि नसकेको बताए । ‘राष्ट्रपतिमा उम्मेदवार दिने हाम्रो मानसिकता हो,’ महतले भने, ‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्ने दल र सत्तारुढ घटकसँग समेत यस बिषयमा छलफल भइरहेको छ ।’ महतले राष्ट्रपतिका लागि समर्थन लिन सभामुखमा कांग्रेसले उम्मेदवार नदिन सक्ने बताए । ‘तर औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने, ‘शुक्रबार विहान पदाधिकारी बैठकले यसको निर्णय गर्छ । सहमतीय राजनीतिलाई अघि बढाउन पनि सभामुखमा उम्मेदवार नदिने पक्षमा कांग्रेस रहेको महतको तर्क छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...