नेभिगेशन
अन्य

योजना आयोगका चार जनाले राजीनामा दिने काठमाडौं । नयाँ सरकार गठन लगत्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेल र तीन सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । आयोग स्रोतका अनुसार कांग्रेस कोटाबाट नियुक्त भएका उपाध्यक्ष पोखरेल, स्वर्णिम वाग्ले, भारततेन्दु मिश्र र यज्ञ बहादुर कार्कीले राजीनामा दिने तयारी गरेका हुन् । आईतबारसम्ममा राजीनामा बुझाउने उनीहरुको तयारी छ । ‘आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपिशर्मा ओलीलाई जानकारी गराउनका लागि शुक्रबारको समय लिईएको छ,’ आयोग स्रोतले भन्यो, ‘भेटपछि आयोगले हालसम्म गरेका कामकारवाही र आगामी दिनमा गर्ने योजनाबारे पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम छ ।’ आईतबार ४ जनाले सामूहिक राजीनामा दिने तयारी भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...