नेभिगेशन
अन्य

सभामुखमा ओनसरीलाई उम्मेदवार बनाउने एमाओवादी निर्णय

काठमाडौं । एकीकृत नेकपा (माओवादी) ले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सभामुखमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काका अनुसार एमाओवादीले पाएका मन्त्रीको चयन गर्ने जिम्मा भने बैठकले अध्यक्ष दाहाललाई नै दिएको छ । बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्रालयको जिम्मा महासचिव कृष्णबहादुर महरालाई दिने विषयमा छलफल भएपनि अन्तिम निर्णय भने भइसकेको छैन । यस्तै, पार्टी सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, स्थायी समिति सदस्यहरु अग्निप्रसाद सापकोटा, शक्ति बस्नेतलगायत नेता पनि मन्त्री बन्ने निश्चित जस्तै भएको छ । यसअघि एमाओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...