नेभिगेशन
अन्य

गैरआवासीय नेपालीको नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ । नयाँ कार्यसमितिका लागि अध्यक्षमा निवर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीले फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । पूर्वमहासचिव रतनकुमार झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वतमान अध्यक्ष घलेलाई सहयोग गर्ने घोषणा गरेका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट र शमशेरसिंह थापाले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी, कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र सिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएका कारण केहीबेरमा नै नतिजा आउने एनआरएन जापानका कोषाध्यक्ष दीपक थापाले जानकारी दिए । अध्यक्षमा सहमतिका लागि प्रयास भए पनि दुबै उम्मेदवारले दाबी नछाडेका कारण मतदान हुन लागेको हो । आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन सुरु भएको उपाध्यक्षका प्रत्याशी भुवन भट्टले जानकारी दिए । यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्षद्वय जिवा लामिछाने र देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिएका थिए । एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएका छन् । यो पटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालमा पुनःनिर्माण र पूर्वाधार विकासमा वैदेशिक लगानी अभिवृद्धि गर्नेगरी योजना कार्यक्रम ल्याइने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै