नेभिगेशन
नेपाल समाचार

घलेलाई समर्थन गर्दै झाको उम्मेदवारी फिर्ता

२८ असोज, काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा आज हुने निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिएका रतनकुमार झाले आफ्नो उम्मेदवारी फर्ता लिएका छन्। झाले अर्का उम्मेद्वार शेष घलेलाई समर्थन गर्ने बताएका छन्। आज १ बजेदेखि नयाँ कार्यसमितिका लागि मतदान हुँदैछ।अब शेष घले र टेकबहादुर कार्की अध्यक्षमा भिड्दैछन्। यस्तै, एनआरएनको नयाँ कार्य समितिको दुई उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्टसहित ६ जनाले उम्मेदवारी दिएका छन् भने महासचिवका लागि चार जना प्रतिस्पर्धामा छन् । सचिवमा चार जना र कोषाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विहीबारको निर्वाचनबाट ६ वटै क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजक तथा महिला संयोजक र युवा संयोजकसमेत चयन हुनेछन् । अाज हुने निर्वाचनले एनअारएनको नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।