नेभिगेशन
अन्य

केरुङ नाका आजदेखि सुचारु

काठमाडौं । भुकम्पका कारण बन्द भएको चीनसँगको रसुवागढी–केरुङ व्यापारिक नाका करिब ६ महिनापछि आजबाट सुचारु हुदैछ । आज ९ बजेपछिबाट औपचारिक कार्यक्रम गरी नाका सुचारु भएको घोषणा गरिँदै छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरेसँगै आजबाट भन्सार नाका सुचारु हुन लागेको हो । यो नाकाबाट लत्ता–कपडाबाहेक संकट परेका वेला इन्धन आपूर्ति पनि गर्न सकिनेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको नेतृत्वमा परराष्ट्र, गृह, रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालयलगायतका पदाधिकारी र चिनियाँ पक्षबीच नाका सुचारु गर्ने विषयमा बुधबार छलफल भएको थियो । छलफलमा बिहीबार बिहान नौ बजे औपचारिक कार्यक्रम गरी नाका शुभारम्भ गर्ने निर्णय भएको छ । केरुङ नाका शुभारम्भको अवसर पारेर चीनले करिब एक करोड ५० लाख रुपैयाँबराबरको सामान पनि सरकारलाई हस्तान्तरण गर्ने भएको छ । नेपाली व्यापारीले केरुङसम्म ढुवानी गर्न ग्वान्जाउका ढुवानी व्यवसायीलाई आग्रह गरिसकेका छन् । दुवैतर्फ भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेका छन् । भूकम्पले अवरुद्ध गरेको सडकको पनि पुनर्निर्माण भइसकेको छ । रसुवागढी नाका बन्द हुँदा नेपाल र चीनबीचको आयात–निर्यात ठप्प थियो । रसुवा भन्सारका अनुसार भूकम्पपछि केरुङमा लोड भएका कन्टेनर रोकिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...