नेभिगेशन
अन्य

आईओसीद्वारा इन्धन लोडिङमा फेरि कटौती

काठमाडौं । भारतीय आयल कर्पोरेशन्स (आईओसी)ले इन्धन लोडिङमा फेरि कटौती गरेको छ । निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आईओसीले इन्धन लिन भारत पुगेका ट्याङकरमध्ये अधिकाशलाई इन्धन दिएन । ‘आईओसीले इन्धन दिन बोलाएको थियो । सोही अनुसार ट्याङ्कर पनि पठाएका थियौं,’ भटराईले भने, ‘तर, प्रयाप्त मात्रामा लोड दिएन । झुक्याउने काम मात्रै भयो ।’ उनका अनुसार बुधबार सिलगुडीमा १७ ट्याङकर इन्धन लिन गएका थिए । सिलगुडीमा ६ ट्याङकरलाई मात्रै लोड दिएको छ । बरौनीमा ४० ट्याङकर गएका थिए । ४० मध्ये २१ वटालाई लोड दिइएको छ । बेतालपुर नाकामा ३८ ट्याङ्कर गएका थिए । तीमध्ये ७ वटामा मात्रै लोडिङ दिइएको जनाएको छ । गोण्डामा १९ मध्ये १४ लार्इ, मथुरामा १२ मध्ये ७ ले तेल पाएका छन् । रक्सौलमा ६३ ट्याङ्कर छन् । ती ट्याङ्करलाई इन्धन लोड दिइएन । ‘बिना जानकारी इन्धनमा कटौती गर्दा हामीलाई समस्या भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...