नेभिगेशन
अन्य

इन्धन अभावका कारण दसैंमा घर जाने आधा घटे

काठमाडौं । इन्धन अभाव, आन्दोलनको असुरक्षाजस्ता कठिनाइ छिचोल्दै दसैं मनाउन एक सातायता तीन लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाडेका छन्। दसैंमा आफन्तसँगै खुसी साट्न बुधबार बिहानसम्म तीन लाख १५ हजार पाँच सय ८७ जनाले उपत्यका छाडेका छन्। सोही अवधिमा काठमाडौं उपत्यकामा दुई लाख २० हजार २० मानिस भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ। पछिल्लो एक सातामा २६ हजार ६५ वटा लामो दूरीका सवारीसाधन उपत्यबाट बाहिरिएका छन् । सोही समयमा २४ हजार दुई सय ४३ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् । मुलुकको विषम परिस्थितिबीच छोटो समयमा यति ठूलो संख्यामा मानिस दसैं मनाउन घरतर्फ गएको ट्राफिक प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र भट्टले बताए। ‘इन्धन अभाव छ। गाडी पनि चल्न सकेका छैनन्। तराईमा आन्दोलन चलिरहेको छ। राजमार्गमा खाना खुवाउने सबै होटेल सञ्चालनमा आउन सकेका छैनन् तर पनि दसैं मनाउन जानेको भीड लामै छ’, भट्टले बुधबार भने। दसैंका लागि उपत्यका आसपासका जिल्लामा भित्रने यात्रुको संख्या पनि बढ्दै गएको भट्टले बताए। ‘काम र अध्ययनका क्रममा विभिन्न जिल्लामा रहेका मानिस पनि घरमा दसैं मनाउन उपत्यका भित्रिन थालेका छन’, भट्टले भने, ‘इन्धनको सहज आपूर्ति भएमा यो संख्या अझै बढ्नेछ।’ अन्नपुर्ण दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै