नेभिगेशन
अन्य

केरुङ पुग्ने बाटो खुल्यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु गरेको हो । रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले बुधबार चिनियाँ पक्षले छलफलका लागि केरुङमा बोलाएको जानकारी दिए । ‘रसुवागढीबाट केरुङ पुग्ने सडक सुचारु भएको जानकारी दिँदै चिनियाँ पक्षले नाका खुलाउन छलफलका लागि बुधबार बोलाएको छ,’ पनेरूले भने, ‘अध्यागमन कार्यालय, प्रमुख जिल्ला अधिकारीलगायतको टोलीसहित हामी त्यसतर्फ जाँदै छौँ ।’ उनका अनुसार नेपाली व्यापारीले केरुङसम्म ढुवानी गर्न ग्वान्जाउका ढुवानी व्यवसायीलाई आग्रह गरिसकेका छन् । दुवैतर्फ भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेका छन् । भूकम्पले अवरुद्ध गरेको सडकको पनि पुनर्निर्माण भइसकेको छ । रसुवागढी नाका बन्द हुँदा नेपाल र चीनबीचको आयात–निर्यात ठप्प छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...