नेभिगेशन
अन्य

राष्ट्रपति यादवसँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौं। राष्ट्रपति डा रामवरण यादवसँग नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शीतलनिवासमा भेटवार्ता गरेका छन् । सोमबार शपथ लिएपछि नियमित भेटअन्तर्गत प्रधानमन्त्री ओलीले आज पहिलो पटक राष्ट्रपतिलाई भेट गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबारको मन्त्रिपरिषद्को बैठकले संविधानप्रति असन्तुष्ट दलहरुलाई वार्ताका लागि गरेको आह्वानका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति डा यादवले प्रधानमन्त्री ओलीको सफल कार्यकालको कामना गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...