नेभिगेशन
अन्य

महरा र रायमाझीबीच सरकारमा जान हानाथाप

काठमाडौं । एकीकृत माओवादीमा पार्टीको तर्फबाट सरकारको नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ । महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी दुबैले पार्टीको तर्फबाट सरकारको नेतृत्व दाबी गरेपछि विवाद देखिएको हो । दुबैले पार्टीको तर्फबाट उपप्रधान तथा गृह मन्त्रालय दाबी गरेका छन् । गठबन्धन सरकारमा एमाओावदीलाई गृहसहित ६ देखि ८ मन्त्रालयसम्म दिने सहमति दुई दलबीच भएको छ । सोही सहमतिका आधारमा निर्णय लिन सोमवार विहान बसेको पदाधिकारी बैठकमा महासचिव महरा र सचिव रायमाझी दुवैले पार्टीको तर्फबाट सरकारको नेतृत्वको दाबी गरेपछि अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा परेका छन् । महराले पार्टीमा आफू बरिष्ठ भएको र विगतमा पनि गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको भन्दै दाबी प्रस्तुत गरेका छन् भने रायमाझीले संसदीय दलको उपनेता आफू भएको र विगतमा गृहमन्त्रालय महराले सम्हालिसकेकोले यसपटक आफूलाई जिम्मेवारी दिनुपर्ने आफ्नो दाबी प्रस्तुत गरेका छन् । राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...