नेभिगेशन
अन्य

मन्त्रिपरिषद्को पहिलो निर्णय, देशलाई तुइन मुक्त गर्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिए लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकले देशलाई दुई वर्षभित्रमा तुइन मुक्त गर्ने निर्णय गरेको छ । देशभर रहेका साढे तीन सय तुइनको ठाउँमा दुई वर्षभित्रमा झोलुङ्गे पुल बनाउने सरकारले पहिलो निर्णय गरेको हो । सरकारले इन्धन र अन्य सामाग्रीको आपुर्ति सहज बनाउन वार्ताका माध्यमले पहल गर्न उपप्रधान एवं पर्यटन मन्त्री कमल थापा र मुख्य सचिव सोमलाल सुवेदीलाई जिम्मा दिएको छ । यस्तै, मन्त्रिपरिषद्ले सरकारको प्रवक्तामा कानुन मन्त्री अग्नी खरेललाई तोकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...