नेभिगेशन
अन्य

कोइरालाले एक–दुई दिनमा बालुवाटार छाड्ने

काठमाडौं । सुशील कोइरालाले सरकारी निवास बालुवाटार छाड्न एक–दुई दिन लाग्ने भएको छ । कोइरालाले बालुवाटार छाडेपछि मात्रै नवनिर्वाचित प्रधानमन्त्री केपी ओली सरकारी निवासमा सर्नेछन् । कोइराला सकेसम्म चाँडै बालुवाटार छाड्ने तयारीमा रहेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । ‘सामानहरू मिलाउन र अन्यत्र बस्ने ठाउँको व्यवस्थापन गर्न पनि एक–दुई दिन लाग्न सक्छ,’ अधिकारीले भने, ‘तर, सकेसम्म चाँडै बालुवाटार छाड्ने तयारीमा हुनुुहुन्छ ।’ यसैबीच, केही मन्त्रालयले मन्त्रीलाई कार्यक्रम गरेर आइतबार बिदाइ गरेका छन् । गृह मन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको बिदाइ गरेको थियो । वन तथा भूसंरक्षण मन्त्रालयले पनि एक कार्यक्रमबीच मन्त्री महेश आचार्यको बिदाइ गरेको थियो । मन्त्रालयहरूले पुराना मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्रीको स्वागतको तयारीसमेत थालेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...