नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समितिको बैठक सकियो, उम्मेद्वार छान्न तीन नेता छलफलमा

काठमाडौं । बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ। बैठकमा सबै केन्द्रीयसदस्यहरूले आफ्नो राय प्रस्तुत गरेका छन्। बैठकपछि कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको उम्मेद्वार को भन्नेबारे खुलाएनन्। उस्तै उपसभापति रामचन्द्र पौडेलले एक पटक आफूलाई मौका दिनुपर्ने धारणा राखे।‘अहिलेको स्थितिमा म नै प्रधानमन्त्री उम्मेद्वारको लागि योग्य छु,’ पौडेलले भने ‘यसैमा पार्टीको निर्णय होस्।’ यस्तै बरिष्ठ नेता शेरबहादुर देउवाले जसको नाममा समर्थन जुट्न सक्छ उसैलाई उम्मेद्वार बनाउनु पर्ने धारणा राखेका छन्। ‘अहिलेको स्थितिमा हाम्रो बहुमत पुग्दैन। जसको नाममा सहयोग जुट्छ जसलाई उठाए बहुमत पाउन सकिन्छ। त्यसैलाई उम्मेद्वार बनाउनु पर्छ,’ देउवाले भने। उनले तराई मधेसमा चलिरहेको आन्दोलनलाई पनि सम्बोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। कांग्रेसले आफ्नो तर्फबाट स्पष्ट उम्मेद्वार नभएकाले अहिले केहीबेरमा तीनै शीर्ष नेता बसेर उम्मेद्वार टुंग्याउने भएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै