नेभिगेशन
अन्य

नेपाल भारत सीमानामा नाकाबन्दी छ : अमेरिका

काठमाडौं । भारत सरकारले नेपालमा नाकाबन्दी नगरिएको भनेर पटक–पटक प्रष्टिकरण दिइरहेका बेलमा विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाले नेपाल नाकाबन्दीमा रहेको सूचना जारी गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विहीवार अमेरिकी नागरिकहरुका लागि जारी गरेको ट्राभल एड्भाइजरीमा भारतीय सीमामा नाकाबन्दी गरिएको प्रष्ट शव्दमा उल्लेख छ । दूतावासले अझै दुई–तीन साता नाकाबन्दी नखुल्ने संकेत गर्दै यस अवधिमा नेपाल भ्रमण गर्दा इन्धन लगायतको अभावका कारण समस्या पर्नेतर्फ आफ्ना नागरिकलाई सचेत गराएको छ । यसअघि युरोपेली युनियनले नेपालमा नाकाबन्दी भएको भन्ने शव्द प्रयोग नगरी नेपालमाथि आइपरेका मानवीय संकटमा सघाउन युनियन तयार रहेको जनाएको थियो । चीनले नेपाललाई आवश्यकताअनुसार सघाउन तयार रहेको बताइसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...