नेभिगेशन
अन्य

कानुन फेरेरै ‘अपराधी’ छाड्ने तयारी

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको अवसरमा सरकारले कानुन फेरेरै विभिन्न अपराधमा जेल थुनिएका अपराधी छाड्ने तयारी गरेको छ । अपराधको प्रकृतिअनुरुप ज्यानसम्बन्धी मुद्दामा समेत माफी दिन सकिने गरी कानुन संशोधनको तयारी गरिएको छ । सरकारले ठूलो परिमाणमा कैदी छाड्ने प्रयोजनका लागि महान्यायाधिवक्ता कार्यालयको रायअनुरुप अपराधमा माफी दिने तयारी गरेको हो । उक्त कार्यालयले कानुनमा केके संशोधन गर्ने भनेर प्रतिवेदन दिन नायब महान्यायाधीबक्ता बद्रिप्रसाद गौतमसहित पाँच सदस्यीय अध्ययन टोलीसमेत गठन गरेको थियो । टोलीको प्रतिवेदनअनुरुप सजाय, माफी, मुल्तबी, परिवर्तन वा कम गर्न बाधक रहेको नियम–कानुनका प्रावधानमा संशोधन गर्न लिखित रुपमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई राय पठाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...