नेभिगेशन
अन्य

घटस्थापनादेखि नै कोजाग्रत पूणिर्मासम्म दसैं बिदा दिने तयारी

काठमाडौं । नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०ं) बन्द हुनेछन् । यससम्बन्धी प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बताएको छ । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो । न्यालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म ६ दिन बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूणिर्माका दिन पुनः बिदा दिइँदै आएको थियो । यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...