नेभिगेशन
अन्य

सार्वजनिक यातायात लगभग ठप्प

काठमाडौं । भारतको नाकाबन्दीका कारण इन्धन आयात रोकिँदा दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । मंगलबारबाट आयल निगमले सार्वजनिक सवारीसाधनलाई सीमित परिमाणमा इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सार्वजनिक यातायात लगभग ठप्प हुने भएको छ । निगमले सार्वजनिक यातायातलाई प्राथमिकता तोकेर सोमबारसम्म इन्धन वितरण गरिरहँदासमेत सबै सवारीसाधन चल्न सकेनन् । सवारीसाधनका कमीले राजधानीमै छतमा यात्रु बोकेर बस गुडिरहेका छन् । मंगलबारबाट सीमित परिमाणमा इन्धन दिन सुरु भएपछि झन् कम सवारी चल्ने र सर्वसाधारणले थप सास्ती पाउने भएका छन् । सरकारको तथ्यांकअनुसार कुल सवारीसाधनमा १० प्रतिशत मात्रै सार्वजनिक यातायातको हिस्सा छ । यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीका अनुसार देशभर २० लाख सवारीसाधन सञ्चालनमा रहेको र त्यसमध्ये दुईदेखि दुई लाख ५० हजारको संख्यामा मात्रै सार्वजनिक यातायात छन् । ‘यसमा लामो तथा छोटो दूरीका बस, माइक्रो, टेम्पोलगायत सबै सार्वजनिक सवारी पर्छन्,’ उनले भने । आयल निगमले मंगलबार सूचना जारी गर्दै सार्वजनिक सवारीसाधन तथा पर्यटकको सेवामा सञ्चालित साधनलाई जोर–बिजोर नम्बरका आधारमा जोर–बिजोर गतेअनुसार माइक्रोबसलाई १५ लिटर, मिनिबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर इन्धन वितरण गर्ने जनाएको छ । यो सूचनाअनुसार प्रत्येक दुई दिनमा मात्रै सार्वजनिक सवारी र पर्यटक बसले इन्धन पाउनेछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै