नेभिगेशन
अन्य

पेट्रोलियम पदार्थ लैजान आईओसीको टेलिफोन

काठमाडौं । भारतले नाकाबन्दी खोल्न आफ्ना निकायहरूलाई निर्देशन दिएसँगै पेट्रोलियम पदार्थको आयात सहज हुने भएको छ । भारत सरकारले वीरगन्जस्थित रक्सौल नाकाबाहेक काँकडभिट्टा, भैरहवा, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, धनगढीलगायतका नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न दिन सकारात्मक रहेको सन्देश पठाएको छ । इन्डियन आयल निगम आईओसी का उच्च अधिकारीले शनिबार साँझ ६ बजे नेपाल आयल निगम एनओसी लाई पेट्रोलियम पदार्थ लोड गर्न ट्यांकर पठाइदिन टेलिफोनमार्फत आग्रह गरेका थिए । एनओसीका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार आईओसीका उच्च अधिकारीले फोनमार्फत रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ लोड गरेर लैजान अनुरोध गरेका हुन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...