नेभिगेशन
अन्य

संविधानपछि पहिलो संसद् अधिवेशन आज

काठमाडौँ । नयाँ संविधान जारी भएपछि आज व्वस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आजको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्ने बाहेक अन्य कार्यसूची हालसम्म तय भएको छैन । नेपालको संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा २९८ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिने छ । त्यसो हुन नसकेमा संसद्मा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचत हुने प्रावधान छ । यस्तै अधिवेशन चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको नयाँ निर्वाचन हुने व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिले कोसमक्ष राजीनामा दिने भन्ने कुनै पनि प्रस्ट प्रावधान नभएका कारण समस्या परेको छ । अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुखको चयन गर्ने संवैधानिक प्रावधान छ । राष्ट्रपति तथा उपराष्ट्रपति एवम् सभामुखको चयनका लागि नयाँ नियमावली बनाउनुपर्ने अवस्था रहेकाले त्यसको आवश्यक तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । संविधानमा राजीनासम्बन्धी प्रावधान नभएका कारण नयाँ नियमावली बनाएर अप्ठ्यारो हटाउने तयारी गरिएकाले केही दिनभित्रै मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ । यस्तै संविधान जारी प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै तराई–मधेसमा आन्दोलन गर्दै आएका राजनीतिक दलको मागअनुसार संविधान संशोधनको प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै