नेभिगेशन
अन्य

मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी

काठमाडौं । तीन दलका शीर्ष नेताहरु मधेसी मोर्चासँग वार्ता गरी भोलिसम्म सहमति जुटाउने प्रयासमा सक्रिय भएका छन् । मधेसी मोर्चासँग आजै निर्णयाक र गम्भीर वार्ता गर्ने गृहकार्यमा तीन दल बिहीबार बिहानदेखि नै सक्रिय भएका छन् । तीन दलका शर्ष नेताहरुको बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बुधबार पनि दिनभर अनौपचारिक रुपमा विभिन्न चरणमा छलफल भएको थियो । वार्ताको पहलले सकारात्मक मोड लिएकोले सहमति हुने अपेक्षा गरिएको छ। शुक्रबारदेखि संसद्को अधिवेशन प्रारम्भ हुने भएकोले आज तथा भोलिसम्म एउटा निश्कर्ष पुग्ने तयारी छ। तीन दलको बैठकमा आन्दोलनरत पक्षसँग भएका अनौपचारिक वार्ताको समीक्षा गरी सहमतिको नयाँं आधार तय गरिने भएको छ ।मधेसीसँग वार्ताको वातावरण बनाउन तथा छलफल गर्न सोमबार नै तीन दलले वार्ता टोली बनाएका थिए । टोलीमा कांग्रेसका महेश आचार्य,एमालेका अग्नि खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ रहेका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बुधबार रौटहतमा बसेको बैठकले वार्ताको संयोजन गर्ने जिम्मेवारी तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै