नेभिगेशन
अन्य

मन्त्री फिर्ता गर्ने प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौं । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी ओली अस्वीकार गरेका छन्। कोइरालाले मंगलबार ओलीलाई टेलिफोन गरेर अख्तियारको निर्देशनका पालना गर्नुपर्ने भन्दै बुधबार साँझसम्म खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए। ओलीले भने अख्तियारको पत्र हेरेरमात्रै त्यस विषयमा जबाफ दिने जानकारी गराउँदै तत्काल फिर्ता नबोलाउने संकेत गरेको बुझिएको छ। ‘दुई मन्त्री फिर्ता बोलाउने विषयमा अख्तियारले पत्रमा के लेखेको छ त्यो हेरेर जबाफ दिने अध्यक्षज्यूले जानकारी गराउनुभयो’ ओली निकट स्रोतले भन्यो। अख्तियारले ऊर्जामन्त्री ज्ञवाली र खेलकुदमन्त्री पौडेलले पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। एमालेले मन्त्री फिर्ता नगरे प्रधानमन्त्रीले अख्तियारको लिखित पत्र भएकाले बाध्य भएर हटाउने चेतावनी मंगलबार नै ओलीलाई दिइसकेका छन्। ‘एमालेले मन्त्री फिर्ता नगरेर अख्तियारको निर्देशन मान्नुपर्ने सरकारको बाध्यता भएकाले बर्खास्त हुन्छ’ बालुवाटार निकट स्रोतले भन्यो। अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै