नेभिगेशन
अन्य

सुनौली नाकाबाट ट्रक र ट्यांकर नेपाल भित्रिए

बुटवल । भारतको सुनौली नाकाबाट इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन् । आज मध्यान्ह भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुख र नेपालको तर्फबाट सीमावर्ती भन्सार प्रतिनिधि, प्रहरी अधिकारी, भन्सार राजश्व प्रहरी गस्ती प्रहरीबीच भारतमा भएको बैठकपछि सवारीसाधनलाई प्रवेश दिइएको हो । भारतीय भूमीमा लामबद्ध भएका ट्रकहरु नेपाल भित्रिरहेका छन् । जसमा इन्धन बोकेका ट्रक, खाद्यन्न बोकेका ट्रकहरु नेपाल छिरिरहेका छन् । ४ वटा बुलेट, ४ वटा पेट्रोलियम पदार्थ बोकेका तथा अरु खाद्यन्न बोकेका ट्रक नेपाल भित्रिएका छन् । लाइनमा बसेका सबै सवारीसाधनलाई क्रमशस् छिराउने बैठकमा निर्णय भएको थियो । आज भैरहवाको अवस्था शान्त छ । सर्वसाधारणको चहलपहल बढेको छ । दुवै तर्फ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै