नेभिगेशन
अन्य

कागज अभाव भएपछि बिराटनगरका दैनिक पत्रिका ब

न्द बिराटनगर। भारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभाव भएपछि विराटनगरबाट प्रकाशन हुँदै आएको सबै दैनिक पत्रिका बन्द गर्ने निर्णय भएको छ । सम्पादक तथा प्रकाशकको मङ्गलबार विराटनगरमा बसेको बैठकले आजदेखि सबै पत्रिका बन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए । विराटनगरबाट उद्घोष, उज्यालो, जन विद्रोह, दर्शन, विराटपथ र न्यू सृष्टि दैनिक प्रकाशन हुँदै आएका छन् । सम्पादक तथा प्रकाशकले मङ्गलबार जारी गरेको विज्ञप्तिमा लामो आमहडतालका कारण दैनिक पत्रिकाले आर्थिक र भौतिक क्षति बेहोरेर पनि प्रकाशनलाई निरन्तरता दिँदै आएकामा अहिले विराटनगर बाहिर पत्रिका वितरण गर्न नसकिएको उल्लेख गरिएको छ । विराटनगरमा डेढ महिनादेखि बन्द जारी हुँदा दैनिक जनजीवन अति नै प्रभावित बनेको छ । पत्रिका प्रकाशन गर्न चाहिने कागजका साथै विज्ञापनको अभाव र आर्थिक सङ्कट पनि पत्रिका बन्द गर्नुपर्ने कारण भएको बताइएको छ । विराटनगरको उज्यालो पत्र दैनिकका सम्पादक यज्ञ शर्माले प्रेसमा कागजको अभाव भएकाले पत्रिका प्रकाशन गर्न नसकिएको बताए । उनले भने–‘हामीले हिजोदेखि नै प्रकाशन बन्द गरेका छौँ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...