नेभिगेशन
अन्य

असन्तुष्ट दललाई फकाउँदै कांग्रेस

काठमाडौं । आन्दोलनरत मधेसकेन्द्रित दलहरुलाई मनाउन सत्तारुढ कांग्रेसले छलफल थालेको छ । कांग्रेसका तीन नेता आइतबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरकै निवासमा भेटघाटका लागि पुगेका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेल, संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र वनमन्त्री महेश आचार्य ठाकुरको निवास सानोठिमी भक्तपुर पुगेका हुन् । करिब दुई घन्टा भएको अनौपचारिक छलफलमा तमलोपाबाट अध्यक्ष ठाकुर, सहअध्यक्ष हृदयेश ज्ञिपाठी र पवक्ता सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । छलफलमा सहभागी कांग्रेस नेता ढुंगानाले अनौपचारिक छलफल भएको भन्दै सहजीकरण गर्दै जाने विषयमा छलफल भएको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...