नेभिगेशन
अन्य

नाकाबन्दीको डटेर सामनाः दलहरु

काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संविधान निर्माणको विषयलाई लिएर भारतले गरेको नाकाबन्दी र निर्देशन स्वतन्त्र र सार्वभौम मुलुकमाथिको हस्तक्षेप भएको ठहर गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा शनिबार साँझ बसेको बैठकमा उनीहरुले मुलुकसामु देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्ने निष्र्कष निकालेको हो । राष्ट्रिय एकता र सावैभौमिकता विपरित कुनै पनि राजनीतिक दल र शक्तिसँग सम्झौता नगर्ने ठहर गर्दै बैठकले संविधान निर्माणको पक्षमा उभिएका राजनीतिक दलहरु जुटेर अघि बढ्ने समझदारी गरेको हो । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...