नेभिगेशन
अन्य

आफैंले स्थापना गरेको पार्टी परित्याग गरी बाटो लागे बाबुराम

काठमाडौं । एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफैंले स्थापना गरेको पार्टी परित्याग गरी आफैंले एक साताअघि मात्र अनुमोदन गरेको संविधानबिरुद्ध मोर्चामा सामेल भएका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत पार्टीको साधारण सदस्य र सबै जिम्मेवारीसहित संसद सदस्यताबाट पनि राजीनामा गर्ने घोषणा उनले गरेका हुन् । यो कदमपछि एमाओवादी अध्यक्षसँगको २६ वर्ष लामो उनको सम्बन्ध विच्छेद भएको छ। दस वर्ष लामो सशस्त्र विद्रोहको उत्कर्षमा बाबुराम जनसरकार प्रमुख थिए भने दाहाल पार्टीका नेता पहिले महासचिव, पछि अध्यक्षसँगै जनसेनाका सर्वोच्च कमाण्डर थिए। गोरखा १ बाट संसद्मा प्रतिनिधित्व गरेका भट्टराईले सभामुख सुवास नेम्बाङसमक्ष सांसद पदबाट पनि राजीनामा दिएका थिए। अध्यक्ष दाहालले भट्टराई पुनः पार्टीमा फर्कनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...