नेभिगेशन
अन्य

आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइँदै आएको इन्द्रजात्रा आइतबार मनाइँदै छ । काठमाडौं उपत्यकामा नेवार समुदायले प्राचीन कालदेखि हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइने संस्कृतिविद् हरिराम जोशीले जानकारी गराए । इन्द्र्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने प्रचलन छ । प्राचीन एक किंवदन्तीअनुसार आफ्नी आमालाई बसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्र्रजात्रा मनाउने गरिन्छ । इन्द्र्र्रलाई बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा पुरन्दर हात्तिमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौँको दहचोकस्थित इन्द्र दहमा लगी स्नान गराएको किंवदन्ती रहेको संस्कृतिविद् जोशीले बताए । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार लिच्छवी कालदेखि मनाउँदै आइएको यो जात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिन्छ । इन्द्रजात्राका लागि इन्द्रध्वज स्थापनाका लागि काटिने लिङ्गोदेखि उक्त लिङ्गो उपत्यकाभित्र प्रवेश गराउने, लिङ्गो ठड्याउने र लिङ्गो ढाल्ने कार्यका लागि साइत जुराउने प्रचलन रही आएको अध्यक्ष गौतमले बताए । इन्द्रजात्राका दिन भाद्र शुक्ल चतुर्दशीमा काठमाडौँ पश्चिमभेगस्थित दहचोकको इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट पूणिर्माको दिन स्नान गर्ने प्रचलन रही आएको छ । दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीका अनुसार इन्द्रदह स्नान मेलामा सहभागी हुन काठमाडौँ, ललितपुर, भक्तपुरका साथै उपत्यका बाहिरबाट पनि दर्शनार्थीहरू आउने गर्छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...