नेभिगेशन
अन्य

सभासद्ले नै पाएनन् संविधान

काठमाडौं । संविधान जारी भएको ६ दिन बितिसकेको छ । तर, आफैँले हस्ताक्षर गरेर बनाएको संविधानको एक प्रति नपाएर सभासद्हरू संविधानसभा सचिवालयमा भौँतारिरहेका छन् । राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेलगत्तै ३ असोजमा संविधानसभा सचिवालयले सबै पाहुना र सभासद्लाई एक–एक प्रति संविधान उपलब्ध गराउने जनाएको थियो । तर, ६ दिन बितिसक्दा पनि आफैँले बनाएको संविधान हात नपरेपछि केही सभासद् दैनिक एकपटक सचिवालय पुग्ने गरेका छन् । करिब २२ सभासद्ले संविधानको प्रति नपाएको गुनासो गरेको सचिवालयका कर्मचारीको भनाइ छ । सभासद्हरू जानकी साउद, दुलारी हरिजन, जनक बुढा, दिलमाया धामी, सिर्जना तरामो, जेबी टुहुरे, मोहन टुडू, महेन्द्र शाही, श्याम श्रेष्ठ (रामेछाप), गोमा कुँवर, मानपुरा चौधरी, केसरी घर्ती, हरि ज्ञवाली, राधिका तामाङ, राममाया बोगटी, टेकबहादुर बस्नेत, लालबहादुर गुरुङलगायतले राजपत्रमा प्रकाशित संविधान नपाएको गुनासो गरेका हुन् । संविधान लिन पुग्ने सभासद्हरूले संविधानसभा सचिवालयको आन्तरिक शाखादेखि महासचिव मनोहरप्रसाद भट्टराईसमेतलाई भेटेर असन्तुष्टि पोखेका छन् । राजपत्रमा प्रकाशित संविधान हात पार्न नसक्ने सभासद् संख्या धेरै रहेको सभासद् जानकी साउदले बताइन् । साउदले संविधान माग्दा आफूलाई रित्तोहात फर्काइएको गुनासोसमेत गरिन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...