नेभिगेशन
अन्य

चीनले आपूर्ति बढाउने संकेत

काठमाडौं । चीनले नेपालको संविधान बहुसंख्यक जनताबाट अनुमोदित भएको उल्लेख गर्दै सरसामानको आपूर्ति बढाउने संकेत दिएको छ । संविधान घोषणापछि भारतबाट अत्यावश्यक वस्तु आयातमा समस्या उत्पन्न भइरहेका बेला चीनले यस्तो संकेत दिएको हो । शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री फङ सियाङले आफैँ सहयोग प्रस्ताव राखेका हुन् । उनले तातोपानी र केरुङ नाका खुलाउन पहल गर्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...