नेभिगेशन
अन्य

एनआरएन अष्ट्रेलियाद्धारा संविधानको स्वागत

सिड्नी । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले नेपालको संविधान जारी भएकोमा खुशी व्यक्त गरेको छ । संघले नेपाली जनताको दशकौं देखिको आफ्नो संविधान आफै लेख्ने सपना र चहाना संविधानसभाको अत्याधिक बहुमतले पुरा गरेकोमा खुशी व्यक्त गरेको जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र सिग्देलद्धारा जारी बिज्ञप्तीमा भनिएको छ–‘ आफ्नो संविधान आफै लेख्न सक्षम अहिलेको पुस्ताका सवै देश बिदेशमा रहेका दाजुभाई दिदि बहिनीहरुमा बधाई ज्ञापन गर्दै यो सफलता सम्म ल्याउनका लागि बिभिन्न आन्दोलनका आफ्नो जीवन उत्र्षग गर्ने शहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दछु । संविधान सहमतिको दस्तावेज भएको भन्दै संविधानमा सवै पक्षको आवाज समेट्न सकिएको भए संवै असंतुष्ट पक्षसंग तत्काल वार्ता गरि सहमतिका आधारमा ६५ वर्ष पुरानो नेपालीको सपनामा सवैलाई समेट्न समेत गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले आग्रह गरेको छ । बिज्ञप्तीमा भनिएको छ –‘गैरअवासिय नेपालीले लामो समयदेखि माग गर्दै आएको नेपाली नागरिकताको निरन्तरताको मागलाई संविधानले समेटिनु सकारात्मक कदम र उपलब्धीका रुपमा लिदै, यो उपलब्धी प्राप्तीका लागि लामो समयदेखि आवाज उठाउने एनआरएनका अग्रज, संविधानसभाका सदस्यहरु राजनीतिक दल तथा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौ ।’ संविधान जारी भएसंगै मुलुक नयाँ युगमा प्रवेश गरेको र अब बिकास र प्रविधीमा मुलुकले फड्को मार्ने भन्दै गैरआवासिय नेपाली संघ अष्ट्रेलिया मुलुकको बिकासको गति अगाडि बढाउनका लागि सधै साथमा रहने प्रतिवद्धता जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।