नेभिगेशन
अन्य

नेपालमा नाकाबन्दी गरेको भारतद्धारा औपचारिक रुपमा स्वीकार

काठमाडौं । भारतले नेपाललाई नाकाबन्दी गरेको औपचारिक रुपमा स्वीकार गर्दै नेपालकै कारण नाकाबन्दी भएको दाबि गरेको छ । शुक्रबार एक प्रेस नोट जारी गरी नेपालमा आपूर्ति रोकिएको कुरा अौपचारिक रूपमा स्वीकारेको हो । भारतीय विदेश मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस नोटमा सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको बताइएको छ। ‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाहा पायौं। त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणामा हो’, भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘हामीले पहिलेनै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौं’ प्रेस नोटमा भनिएको छ। समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस्। अहिलेका मतभेदहरुलाई समाधान गर्दै सर्वस्विकार्य समाधान गरि त्यसलाई संस्थागत गरिनु पर्छ। हामी आशा गछौं कि स्थिति पहिले जस्तै सहज हुनेछ प्रेस नोटमा भनिएको छ। अहिले भइरहेको समस्या राजनीतिक तहबाट समाधान खोज्न भारतले आग्रह गरेको छ। केही दिनअघि राजविराजमा भएको आन्दोलनरत मधेसी मोर्चाको बैठकले बिहिबारदेखि सीमा नाका र राजमार्ग केन्द्रित आन्दोलन चर्काउने निर्णय गरेसँगै हिजोदेिख भारतसँग जोडिएका विभिन्न नाका ठप्प भएका छन्। मोर्चाका नेता कार्यकर्ताले सीमा नाकामा धर्ना दिइरहेका छन् भने भारतबाट मालवाहक सवारी नेपाल आउन सकिरहेका छैनन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै