नेभिगेशन
अन्य

आज बिभिन्न कार्यक्रम गरि विज्ञान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रमका साथ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने प्रचलन रहेकामा यस वर्ष राष्ट्र निर्माणका लागि विज्ञान प्रविधि भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका उपसचिव राजुबाबु पुडासैनीले जानकारी दिए । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइएको छ । विज्ञान दिवसका अवसरमा अमृत क्याम्पस लैनचौरलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...