नेभिगेशन
अन्य

थारु आन्दोलनकारीका मागमा तीन दल सकारात्मक

काठमाडौं । तराईमा आन्दोलनरत थारू सभासद्ले नयाँ संविधानको सीमांकनसम्बन्धी व्यवस्था संशोधन गर्ने लिखित प्रतिबद्धतालगायत सातबुँदे माग तीन दलले पूरा गरे संविधानसभामा फर्कने बताएका छन्। उनिहरुले मुख्य तीन दल वार्ताका लागि सकारात्मक भएको समेत बताएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता र आन्दोलनरत थारू संयुक्त संघर्ष समितिलगायत विभिन्न थारू सभासद्बीच भएको वार्तामा थारूहरूले सीमांकन संशोधनको माग कडा रूपमा उठाएका थिए। ‘नयाँ संविधानको धारा ५६ मा उल्लेख भएको संघीय प्रदेशहरूको नक्सांकन संशोधन नहुने हो भने हामी संविधान घोषणा गर्ने ३ र ४ गते कालो दिनका रूपमा मनाउँछौं भन्ने शीर्ष नेताहरूलाई प्रस्ट राख्यौं’ वार्तापछि थारू संयुक्त संघर्ष समितिका प्रवक्तासमेत रहेका सभासद् अमनलाल मोदीले भने, ‘हामीले सातबुँदे माग शीर्ष नेताहरूसमक्ष पेस गरेका छौं।’ आजका पत्रपत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...