नेभिगेशन
अन्य

भारतिय प्रधानमन्त्री मोदीका विशेष दूत नेपाल आउदै

काठमाडौं । संविधानसभाबाट पारित भई विधिवत् संविधान जारी गर्ने तयारी भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा विदेशसचिव एस जयशंकर शुक्रबार भारतीय चासोका साथ नेपाल आउने भएका छन्। मधेसी र थारू समुदायका मागहरू सम्बोधन गर्न उनीहरूसँग वार्ता गरेरमात्र संविधान जारी गर्ने सुझाव विदेशमन्त्रीको तहबाट सार्वजनिक गरिसकेको भारतले प्रधानमन्त्रीकै विशेष दूत पठाउँदा तिनै चासोलाई अरू प्रखर रूपमा व्यक्त गर्ने अनुमान गरिएको छ। शुक्रबार नै एस जयशंकरले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र सेनाप्रमुख राजेन्द्र क्षेत्रीलाई अलगअलग भेट्ने कार्यक्रम छ। प्राप्त जानकारीअनुसार उनले भारतीय दूतावासले छानेका केही मधेसी नेताहरूसँग सामूहिक भेटघाट गर्नुका साथै एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट्दैछन्, शनिबार स्वदेश फर्कनुअघि। उनको नेपाल भ्रमण भारत सरकारले बिहीबार बिहानमात्र तय गरेको हो। नेपालको पछिल्लो अवस्थाबारे विस्तृत छलफलपछि विदेशसचिव जयशंकरलाई प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा शुक्रबार नेपाल पठाउन लागेको जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले ट्विटमार्फत दिएका थिए। बिहीबार विशेष ब्रिफिङका लागि दिल्ली बोलाइएका भारतीय राजदूत रञ्जित रे पनि विदेशसचिवसँगै काठमाडौं आउँदैछन्। रेले जानुअघि राष्ट्रपति यादव र प्रधानसेनापति क्षेत्रीसँग भेटघाट गरेका थिए। भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष ओलीबीच बुधबार टेलिफोनमा करिब सात मिनेट वार्ता भएको र त्यसमा मोदीले भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न इच्छुक नरहेको तर नेपालको आन्तरिक परिस्थितिका कारण आफू चिन्तित रहेको धारणा राखेका थिए। अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै