नेभिगेशन
अन्य

हिन्दु राज्यका पक्षधरको प्रर्दशनका कारण बानेश्वरमा तनाव, राष्ट्रसंघको गाडी तोडफोड

काठमाडौं । संविधानका धाराहरु धमाधम पास भइरहेका बेला संविधान सभा क्षेत्र नयाँ बानेश्वरमा भने हिन्दुराज्यको मार्गै भएको प्रर्दशनका कारण तनाव भएको छ । ओमकार परिवारका नाममा हिन्दु राष्ट्रको माग गर्दै निशेधित क्षेत्रमा जुलुस प्रवेश गर्न लागेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले प्रदर्शनकारीलाई लाठी र पानीको फोहरा हानेको छ । प्रदर्शनकारीले संयुक्त राष्ट्रसंघको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । अहिले प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोकेर राखेको छ । पानीको फोहोराले तितरवितर भएका प्रदर्शनकारी फेरि एकत्रित भएर नाराबाजी गरिररहेका छन् । संविधानसभाको आजको बैठकले बिहान नै हिन्दु राष्ट्र कायम गर्नुपर्ने संशोधन अस्विकृत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...