नेभिगेशन
अन्य

कांग्रेस र एमाओवादीका ६ सभासदद्धारा आइतवार संविधानसभा बहिष्कार

काठमाडौं । सत्ताको नेतृत्व लिएको कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, अमरेशकुमार सिंह, रामअयोध्या यादवसहित पाँच सभासद्ले सीमांकनको विरोधमा उत्रेका मधेसी र थारूहरूका पक्षमा आइतबारको संविधानसभाको बैठकमा अनुपस्थित भई पार्टी संसदीय दलको ह्विप उल्लंघन गरेका छन्। यसैगरी एमाओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् प्रभु साहले संविधानमाथि हुने मतदान प्रक्रिया नै बहिष्कार गर्नै जानकारी दिएका छन्। कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले आफूलगायत पाँच सभासद् संविधान निर्माण प्रक्रियाअन्तर्गत आइतबार अनुपस्थित रहनुको कारण कस्मेटिक संविधानको विरोध गर्नुु रहेको बताए। उनले भने, ‘पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले आज आफू भारत र चीनको सच्चा प्रवक्ता रहेको प्रमाणित गर्दै मधेस, थारू, राष्ट्रपति, सञ्चारकर्मीहरूविरुद्ध विषबमन गर्नु कांग्रेसको लोकतान्त्रिक समाजवाद र त्यसको नेतृत्व बीपी कोइरालाविरुद्धको अनास्था हो।’ मुलुक गृहयुद्धमा फसेको हुँदा मुलुकलाई विभाजनको सँघारमा पुर्‍याउने संविधान अनुमोदन गर्न नसक्ने चौधरीले बताए। यो संविधानले दीर्घकालीन स्थायित्व पाउन नसक्ने ठोकुवा पनि चौधरीले गरे। चौधरीका अनुसार दिनेशप्रसाद परसैला यादव र तेजुलाल चौधरीले पनि आइतबार प्रक्रिया त्यागेका छन्। एमाओवादीका नेता साहले संविधान निर्माणको अन्तिम चरणसम्म आइपुग्दा संविधानसभा मधेसीका माग सम्बोधनका लागि कुनै तत्परता नदेखाई जबर्जस्ती पुरानै गलत निर्णय थुपार्ने र संकटलाई झन् बढाउन उद्यत रहेकाले गम्भीर परिस्थितिमा संविधानमाथि हुने मतदानप्रक्रियामा सहभागी हुन नसक्ने बताए। ‘गलत, जनविरोधी एवं अवैधानिक कार्यको लाचार छायाँ र निरीह साक्षी बनेर लाहाछाप लाउने कार्य आफूबाट हुन नसक्ने’ लिखित जानकारी उनले सभाध्यक्ष सुवास नेम्बाङलाई दिएका छन्। समाचार अन्नपुर्ण पोष्टमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...