नेभिगेशन
अन्य

देश संकटमा फस्न लागेकाले संविधानसभामा फर्किएको कमल थापाको भनाई

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश गम्भीर संकटमा फसेको भन्दै यो अवस्थामा देशलाई बचाउने कार्यमा कुनै न कुनै भूमिकाका लागि संविधानसभामा सहभागि भएका बताए। करिब ३ घन्टा ढिलो गरी भएको संविधानसभा बैठकमा बोल्दै थापाले केही सिमीत दलका नेताहरुको अदुरदर्शिता र अर्कमण्यताको साक्षी बन्न हैन यो जनताप्रति समर्पण र प्रजातन्त्रप्रतिको निष्ठाको लागि भएको बताए। ‘हामीले मस्यौदा विधेयकमा दर्ता गराएको फरकमतको संरक्षणका लागि हो।’ एमाओवादी नेता भट्टराईले केही दिन अघि देश भयावह दुर्घटनामा जाने आँकलन गरेको स्मरण गर्दै थापाले आफूले ६४ सालमा निर्वाचनामा जाने क्रममा भएजस्तै भएको बताए। ‘यस्तो किन भयो ? कुनै पनि मुलुकको राष्ट्रिय एकता, अण्डता, सार्वभौमिकता शून्यमा खडा भएको छ। इसाइ र इस्लाम धर्मको जन्म हुनु पूर्व हाम्रो धर्म सभ्यताको विकास भएको थियो। त्यही आधारमा नागरिकको सम्बन्ध स्थापना भइ राष्ट्र निर्माणको कार्य शुरु भएको थियो,’ थापाले भने, ‘पृथ्वीनारायण शाहले विटिस साम्रज्यको विचमा नै नेपाल निर्माणको शुरु गरी एकात्मक राज्य स्थापना भएको हो।’ यस्ता आधारभूत मान्यताको आधारमा सार्वभौमिकता कायम भए पनि बौद्धिक रोमान्सका कारण विकल्पको सोच विना यो आधार भत्काउने काम भएको उनले बताए। ‘लोकतन्त्रमा सामाजिक न्याय र स्थायित्वको आधारम बनाउन सक्ने विविधतामा एकता कायम गर्ने कुरा हटाउने हामी संबाहकको रूपमा भूमिका निर्वाह गर्यौ’ , थापाले भने, ‘हामी गण्तन्त्र, धर्म निरपेक्षता र संघीयतामा हामी संवाहक बने पनि यस्को कुनै दान दातव्यको आधारमा भएको छ। यो हाम्रै धरातलमा आएको भए अप्ठयारो हुदैनथ्यो होला।’ ‘एक महिनादेखि जनता आन्दोलनमा छन्। झण्डै चार दर्जन नेपालीको निधन भएको छ। तराई मधेस, जनजातिले उठाएका माग त्यसै छाड्न सक्दैनौं। तर हामीले जातीय मुद्दा र राज्यको कुराको आश्वासन दिने कार्य भयो। अहिले जनताको आशा बढेको छ। यो सम्बोधन नगरी अघि बढे देश गृह युद्धमा फस्ने छ। अहिलेको नेतृत्वले अलिकति बुद्धि नपुर्‍याएर बाबुराम र गगनको आशंकामा पुष्टि गर्ने छ,’ उनले भने। राष्टलाई संकटमुक्त गर्न हामी अब पार्टी मुद्दा छाडि सबै शक्तिबीच राष्ट्रिय एकता, मेलमिलाप र राष्ट्रिय अखण्डतामा आधार बनाइ अघि बढ्नुपर्छ। एउटा चुनाव हार्दैमा विचार हार्दैन। मृत्यु वरण गरेर पनि कति नेताहरु आत्ममा बाचिरहेका छन्। राप्रपा नेपाल संविधानसभाबाट आफ्नो एजेण्डा स्थापित नभए पनि विधि र प्रक्रिया, मूल्य र मान्यताप्रति सधै प्रतिबद्ध रहन्छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...