नेभिगेशन
अन्य

वार्ता संविधान निर्माण प्रक्रिया एकैसाथ लैजाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संविधान निर्माण जारी प्रक्रिया नरोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली कांग्रेसका पदाधिकारीको बैठकले संविधान निर्माणको जारी प्रक्रिया नरोक्ने निर्णय गरेको छ । मुख्य दलहरुले आन्दोलनरत पक्षसंग वार्ताका लागि जारी प्रक्रिया दुई दिनका लागि रोकेको थिए । दुई दिन रोकिएको संविधान निर्माण प्रक्रिया आजबाट फेरि सुचारु हुने बताइएको छ । प्रक्रिया सुचारु गर्नका लागि आज संविधानसभाको बोलाइएको छ । पदाधिकारी बैठकपछि नेपाली कांग्रेसका उपभापति रामचन्द्र पौडेलले संविधान निर्माणको जारी प्रक्रिया नरोकिने बताए । उनले भने– ‘संविधान निर्माणको जारी प्रक्रिया दुई दिनका लागि स्थगित गरिएको हो अब प्रक्रिया सुचारु हुन्छ, उहाँहरु आउनुभयो भने वार्तालाई पनि संगै अगाडि बढाउने हो ।’ संविधानसभामा आजबाट मतादान प्रक्रिया सुरु हुने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै