नेभिगेशन
अन्य

वार्ता गराउन मध्यस्थकर्ता यी हुन्

काठमाडौं । सरकार र आन्दोलनरत पक्षबीच वार्ता गराउन मध्यस्थताका रूपमा केही मानवअधिकारवादी र राजनीतिक विश्लेषक लागेका छन् । मध्यस्थताको भूमिकामा दमनाथ ढुंगाना, सुन्दरमणि दीक्षित, दीपेन्द्र झा, तुलनारायण साह, विजयलाल कर्णलगायत रहेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए । मध्यस्थताको भूमिकाभन्दा पनि वार्ता होस् भनेर आफूहरू लागेको तुलनारायण साहले बताए । उनले भने, ‘हामी आन्दोलनरत पक्ष र सरकारबीच वार्ता होस् भन्ने पक्षमा छौँ, मध्यस्थता नै भन्नेचाहिँ होइन ।’ अनिच्छापूर्वक भए पनि वार्तामा जानु राम्रो हुने नेताहरूलाई भनेको साहले बताए । ‘वार्तामा पुगेपछि मूर्तता आउँछ भनेर मैले मधेसी नेताहरूलाई भनेको हो,’ उनले भने, ‘वार्तामा नगए अन्तर्राष्ट्रिय समुदायले पनि तपाईंहरूलाई गलत देखाउँछ पनि भनेको हो ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...