नेभिगेशन
अन्य

अर्थपूर्ण वार्ता गर्न राष्ट्रसंघको आग्रह

काठमाडौं । राष्ट्रसंघले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि अर्थपूर्ण वार्ता गर्न सबै राजनीतिक दल र समूहलाई आग्रह गरेको छ । प्रमुख राजनीतिक दलले संविधान जारी गर्ने प्रक्रियालाई केही दिन स्थगन गरेर वार्तामा जोड दिएको विषयलाई राष्ट्रसंघले स्वागतयोग्य कदम भन्दै यो मौकाको सबै पक्षले उपलब्धिपूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरेको छ । महासचिव वान कि मुनको सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलमा आएको जिज्ञासामा उनका प्रवक्ता स्टेफेन डुजारिकले महासचिव वानले नेपालको अवस्थालाई नजिकबाट हेरिरहेको र समस्इाप्रति चासो व्यक्त गरेको जानकारी दिएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...