नेभिगेशन
अन्य

मुख्य तीन दलको बैठक बालुवाटारमा

काठमाडौं । संविधान सभामा प्रतिनिधित्व गर्ने तीन मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। संविधान सभामा आजबाट सुरु हुन लागेको मतदान प्रक्रिया, आन्दोलनरत मधेसी, थारु लगायतका पक्षको मागका विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ। कांग्रेसका मधेसी र थारु सभासद्को केही दिन प्रक्रिया रोकेर असन्तुष्ट पक्षसँग वार्ता गर्नुपर्ने दबाब र एमाओवादीको बिहिबार बसेको पदाधिकारी बैठकले आवश्यक परे प्रक्रिया केही दिन रोक्नु पर्ने निर्णयको पृष्ठभूमिमा आज शीर्ष नेताहरूको बैठक बसेको हो। बैठकमा केही दिनलाई प्रक्रिया रोक्ने वा आज बस्ने संविधान सभामा शीर्ष नेताले गर्ने सम्बोधनमार्फत् असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। एमाओवादीले हिजो नै आजको बैठकमा मधेसवादी दल वार्तामा आउन चाहन्छन् भने केही दिन प्रक्रिया रोकेर उनीहरुसँग वार्ता गर्न प्रस्ताव गर्ने बताएको थियो। मुख्य तीन दलले वार्ताका लागि मधेशी जनअधिकार फोरम लोकतान्त्रीकलाई दिउसो एक वजेका लागि बोलाएको छ । वार्ताका लागि अध्यक्ष गच्छदार दिउसो १ वजे झापाबाट राजधानी आउने बताइएको छ । स्रोतका अनुसार आज गच्छदारसंग कुरा मिलेमा संविधानसभाको प्रक्रिया केहि दिनका लागि रोक्न समेत कांग्रेस र एमाओवादी तयार रहेका छन् । तर एमालेले भने प्रक्रिया रोक्ने पक्षमा छैन् । कांग्रेसका एकजना नेताले भने– गच्छदार वार्तामा आएर छलफल भएर निष्कर्षमा पुग्नका लागि केहि दिन प्रक्रिया रोक्न सकिन्छ तर वार्तामा आएर छलफल सकारात्मक नभए सम्म भने प्रक्रिया रोक्न समस्या छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै