नेभिगेशन
अन्य

वीरगञ्जको कर्फ्यू चार घन्टा हटाइयो

विरगंज । स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यू मंगलबार चार घन्टाका लागि हटाएको छ । विरगंगजमा तनाव बढ्दै गएपछि लगाइएको कर्फयु सोमवार दुई घण्टाका लागि हटाइएको थियो । आ भने कर्फयुको थप घण्टा कम गर्दै बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । स्थानीयलाई दैनिक प्रयोजनका सामान खरिदबिक्री गर्न तथा वीरगञ्जको जनजीवन विस्तारै सामान्य बन्दै गएको र अझै सामान्य बनाउन स्थानीयको दैनिकी सहज बनाउन कर्फ्यूको समय घटाइएको प्रशासनले जनाएको छ । यसअघि आइतबार र सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घन्टाका लागि कर्फ्यू हटाइएको थियो । नयाँ संविधानका लागि भएको सीमांकनका विषयमा भएको प्रदर्शनका क्रममा वीरगञ्जमा पाँच जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...