नेभिगेशन
अन्य

सरकारद्धारा दुई सहसचिवलाई सचिवमा बढुवा

काठमाडौं । सरकारले न्याय सेवाका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सहसचिवद्वय कमलमणि घिमिरे र महेश पौडेललाई सचिवमा बढुवा गरेको हो । त्यस्तै बैठकले राजस्व न्यायाधिकरण कानुन सदस्यमा पुष्पलता माथेमा, सत्यराजा गुरुङ र यज्ञप्रसाद बस्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै लगानी कोषको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा।मीनेन्द्र रिजालले जानकारी दिए । बैठकले त्रिवि शिक्षण अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा. गोविन्द केसीसँग सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल र मुख्य सचिव डा. सोमलाल सुवेदीले गत शनिबार गरेको वार्तामा भएको सहमति अनुसार चिकित्साशास्त्र शिक्षा आयोग गठनका लागि व्यवस्थापिका संसदको सामाजिक समितिमा पठाउने निर्णय गरेको रिजालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...