नेभिगेशन
अन्य

भारतमा गएर खुल्लेआम भारत गुहार्दै मधेसी नेता

काठमाडौं । मधेसी नेताहरुले भारतीय भुमीबाटै आफ्ना मागका पक्षमा समर्थन जनाउन भारत सरकार गुहारेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोश्रो तहका नेताहरुले सोमबार रक्सौल पुगेर आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेका हुन् । वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको शोकमा सीमावर्ती रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलीसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने हर्कत गरेको भन्दै आन्दोलनमा सहयोग गरिदिन आग्रह गरे । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेसमा आन्दोलन चर्काउन सहयोग पुर्‍याउन भारतीयलाई आग्रह गरे । सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले मधेसको आन्दोलनमा भारतीयले सहयोग गर्नुपर्ने बताए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...