नेभिगेशन
अन्य

महाधिवेशन बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति

काठमाडौं । तोकिएको समयमा महाधिवेशन हुने संभावना नभएपछि सो बिषयमा छलफल गर्नका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसिरहेको छ । बैठकमा पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योलका विषयमा छलफल जारी छ । बैठकमा संविधान निर्माण, सीमाङ्कनको विषयलाई लिएर तराई–मधेसमा भइरहेको आन्दोलन, पार्टीको आसन्न १३ औँ महाधिवेशन, सभासद् अमरेशकुमार सिंहको स्पष्टिकरण जवाफलगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको १३ औँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म र त्यसअघि यही भदौ १७ गतेदेखि गाउँ, नगर, वडा अधिवेशन तोकिएको भएपनि पार्टी संविधान लेखन प्रक्रियामा व्यस्त रहेका कारण खासै तयारी गरेको देखिएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...