नेभिगेशन
अन्य

टिकापुर घटनाको दोषि उम्कदैनन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले टीकापुर घटनाका दोषीलाई कुनैपनि हालतमा कारबाही गरेर छोड्ने प्रतिवद्धता जनाएका छन् । टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका डेढ वर्षीय बालक टेबहादुर साउदको परिवारसंगको भेटमा प्रधानमन्त्री कोइरालाले टिकापुर घटना अपराधिक भएकाले राजनीतिक रंग दिन खोजेपछि सरकारले कानुन बमोजिम कारवाही गरेर छोड्ने बताए । प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा पुगेका साउद परिवारले बालसहिद घोषणा गर्ने, क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न माग गरेका थिए । जवाफमा प्रधानमन्त्री कोइरालाले माग सम्बोधनको प्रयास गर्ने आश्वासन दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानका अनुसार प्रधानमन्त्रीले अपराधिक मात्र होइन, राजनीतिक रुपमा पनि कारबाही गरि छोड्ने बचन दिएका छन् । प्रधानले भने– प्रधानमन्त्री ज्यूले टिकापुर घटनाका दोषिलाई कुनैपनि हालतमा उम्कन नदिने बताउनुभयो ।’ थारु समुदायको आन्दोलनका क्रममा गत सोमबार टीकापुरमा हिंसात्मक झडप भएको थियो । घरेलु हतियारसहित आएका आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा डेढ वर्षका बालक टेकबहादुर साउदको पनि ज्यान गएको थियो । घरको आँगनमा खेलिरहेका उनलाई गोली लागेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...